भोलिबाट बलेफी हाइड्रोको आइपिओ खुल्ने


काठमाडौँ- बलेफी हाइड्रोपावरले बुधबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) खुलाउने भएको छ । सर्वसाधारणले १६ लाख ६३ हजार चार सय ५३ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।

१८ लाख २७ हजार ९७० कित्तामध्ये  चार प्रतिशत कर्मचारीका लागि सुरक्षित छ ।  पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले इजाजतपत्र २०७३ साउन १२ मा पाएको थियो । यसको अवधि ३० वर्ष ७ महिना बाँकी छ । यसको लगानी फिर्ता हुने अवधि ७.५४ वर्ष छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.१० वर्ष छ ।

प्रतिक्रिया