
सदन विघटनबारे सभामुखले दिए प्रधानमन्त्रीलाई काउन्टर, अदालतमा दिने प्रत्योत्तरबारे खुलाए
काठमाडौं– संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै सभामुख अग्नी सापकोटाले सरकारसँग विघटनको अधिकार नै नभएको जिकीर गरेका छन्।
‘संविधानले सदन विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको छैन, मैले कानुनविददेखि अनेकसँग सल्लाह र सुझाव लिइरहेको छु’, विहीबार उनले भने।
नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले भने,‘संविधानले नदिएको अधिकारबारे सर्वोच्च अदालतमा पनि प्रत्योत्तर तयार पारिरहेको छु।’
उनले सभामुखका हिसाबले आफ्नो भूमिका र संविधानको रक्षाका लागि डटेर लड्ने बताएका थिए।



कागजपत्र |
