पपुवान्युगिनीविरूद्ध नेपालको शानदार जित


काठमाडौं – त्रिदेशीय टी२० को पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पाहुनाटोली पपुवान्युगिनीलाई १५ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १८४ रनको लक्ष्य पछयाउने क्रममा पीएनजी १६८ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए भने अविनाश बोहोराले २ विकेट र सोमपाल कामीले १ विकेट हात पारे । पीएनजीएका १ खेलाडी रन आउट भएका थिए ।

पीएनजीका लागि नरमान भनौले ५२ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जिताउन भने सकेनन् ।

उनले ५ चौका र ६ चौकाको मद्दतले खेलको एकमात्र अर्धशतक बनाएका थिए ।

त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक पारि खेलिरहेका बेला ११ बलमा २० रन बनाउँदा आउट भएका थिए । नेपालका लागि रोहित पौडेलले ३४ रन बनाए भने आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाए ।

त्यस्तै नेपालका लागि आरिफ शेखले १३ रन बनाउँदा करण केसीले १४ रन बनाए । त्यस्तै नेपालका लागि कुशल मल्लले ११ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । त्यस्तै नेपालका सोमपाल कामी १ रन बनाएर आउट भए पनि कप्तान सन्दीप लामिछाने र अविनाश बोहोरा नटआउट रहे । लामिछानेले १ रन बनाए ।

पीएनजीका लागि अलि नाउ, चाद सोपर र चाल्र्स अमिनीले २/२ विकेट लिएका थिए ।

प्रतिक्रिया