कोरोना संक्रमण बढेपछि चीनको सांघाईमा लकडाउन घोषणा


बेइजिङ – चीनमा पछिल्लो समयमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित हुनेको संख्या बढ्दै गएकोले सांघाईमा लकडाउन घोषणा गरिएको छ। कोरोना महामारी सुरु भएदेखि यता चीनको सबैभन्दा ठुलो सहर सांघाईमा लकडाउन गरिएको हो ।

सांघाईमा नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन हुने बिबिसीले जनाएको छ । सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिन ९एप्रिल १० सम्म घरभित्रै बस्न भनिएको छ।

अत्यावश्यक बाहेकका कामहरुमा प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक यातायातमा रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूको काम कार्यालयबाहिरैबाट गर्नुपर्नेछ भने सांघाईको पश्चिमी आधा भागमा शुक्रबारबाट लकडाउन गरिनेछ।

चीन सरकारले मानिसहरूको ठुलो संख्यामा कोरोनाभाइरस परीक्षण गरी सङ्क्रमण पुष्टि हुनेलाई अस्पताल वा क्वारन्टीनमा पठाउने गरेको छ।

सांघाई चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्र भएकाले झन्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको बढिरहेको पाइएको छ ।

प्रतिक्रिया