उत्तरी नाका सहज बनाउने चिनियाँ वाणिज्य सहायक मन्त्रीको आश्वासन


काठमाडौं –  नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘कोभिड–१९ का कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको तर हाल चीनमा समेत प्रकोप कम हुँदै गएकाले छिट्टै सीमा नाकाबाट सहज आयात र निर्यात हुन्छ,’ क्युपिङलाई उद्दृत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया