दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला


बेइजिङ – दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ ।
दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् ।

चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो ।

यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो ।

कुन्मिङबाट ग्वाङ्भोउका लगि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया