

चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । काठमाडौंको होटल मेरियटमा आइतबार बिहान भेटवार्ता भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात वाङ ओलीलाई भेट्न पुगेका हुन् । उनीहरूबीचको भेटवार्ता ११ बजे सुरु भएको छ । एमाले अध्यक्ष ओलीसँग पार्टीका केही नेताहरू छन् ।
विदेशमन्त्री वाङले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने कार्यक्रम छ । उनी आजै स्वदेश फर्किनेछन् ।

