

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ- मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । उक्त रिटलाई बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ ।
संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

