बाटोको विषयमा सर्लाहीको इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते


काठमाडौं – सर्लाहीको इश्वरपुर नगरपालिका(६ बयलबास बजारमा बाटोको विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको छ।

झडपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साह घाइते भएका छन्। सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाटो विस्तार गर्ने क्रममा बाटो छेउमा रहेको फुल जोर युवा क्लबको भवन भत्काइएको थियो । बाटोको सिमाङ्कन भई सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरूको माग रहेको छ । तर सांसद साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोशित बनेका हुन्।

सांसद साहले आफ्ना समर्थक लिएर बजारमा प्रदर्शन गर्न जाँदा युवाहरू आक्रमणमा उत्रेका थिए ।

प्रतिक्रिया