

युक्रेन सङ्कटले विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भयाे : डव्लुटिओ

किभ – विश्व व्यापार सङ्गठनका महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भएको दाबी गरेकाे छ। युद्ध सुरु भएपछि निरन्तर बढेको मूल्यका कारण गरिब देशहरूमा खाद्य सङ्कटसमेत हुने सम्भावना रहेको उनले बताए ।
गरिब देशहरूमा खाद्यवस्तुकाे नियमित आपूर्तिलाई लिएर चिन्ता गर्नुपर्ने बेला भएको भन्दै उनले खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकोले सबै सजग हुनुपर्ने बताए। विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ ।
गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिए। एजेन्सी

