

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं- शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले चैत्र १२ गते शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो ।
विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८६ ‘घ’ को ब्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने जनाएको छ ।

