

अदालतबाट १ करोड २५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

काठमाडौं – अदालतबाट एक करोड २५ लाख जरिवाना बिगो तोकिएका फरार अभियुक्त परेका छन् । फरार रहेका काठमाडौं बूढानीलकण्ठका ६८ वर्षीय कृष्णबहादुर थापा पक्राउ परेका हुन् ।
उनलाई लाई बारा जितपुर सिमरा उपमहानरपालिका–४ बाट पक्राउ गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ । उच्च अदालत पाटनले २०७७ मंसिर २२ गते बैंकिङ कसूरमा एक करोड २५ लाख र जिल्ला अदालत काठमाडौंले १ वर्ष कैद सजाय तोकेको थियो ।

