५३ अर्ब बढीको प्रशोधित तेल भारत निर्यात


काठमाडौं – चालू आर्थिक वर्षको पहिलो ८ महीनामा वीरगञ्जबाट ५३ अर्ब १० करोड रुपैंया बराबरको प्रशोधित तेल भारत निर्यात निर्यात भएको छ । गत आवको सोही अवधीमा १६ अर्ब १८ करोड रुपैयाँ बराबरको प्रशोधित तेल भारत निकासी भएको थियो । गत वर्षको सोहि अवधिको तुलनामा यस वर्ष बढेर तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको हो ।

चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निर्यात भएको हो । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, २३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको छ ।  गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो आठ महिनामा नेपालले विभिन्न देशमा कूल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । निर्यात गरेकोमध्ये आधाभन्दा बढी हिस्सा तेलले ओगटेको छ ।

 

प्रतिक्रिया