

विश्वमा एकैदिन ७ लाख १८ हजार संक्रमित थपिए, १४ हजार ७ सयको मृत्यु

काठमाडौं – विश्वमा पछिल्ला दिनमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । यसै क्रममा विश्वमा एकै दिन सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । विश्वमा पछिल्लो २४ घन्टामा १४ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ७ लाख १८ हजार ९ सय १४ पुगेको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख ४५ हजार ३ सय ६१ जना पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख १० हजार ९ सय ५९ पुगेको छ ।
अमेरिकामा एकैदिन कोरोना संक्रमणबाट ३ हजार ८ सय ८० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार ७ सय ७८ पुगेको छ ।
त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा २ लाख ३४ हजार ५ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९ सय ९१ जना पुगेको छ ।
अमेरिकामा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ करोड १९ लाख ८ हजार ७ सय ९४ जना पुगेका छन् ।
पछिल्ला दिनमा मृतकको संख्या बढ्दै गएको छ । यसै क्रममा विश्वमा एकै दिन सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । विश्वमा पछिल्लो २४ घन्टामा १४ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ७ लाख १८ हजार ९ सय १४ पुगेको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख ४५ हजार ३ सय ६१ जना पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख १० हजार ९ सय ५९ पुगेको छ ।

