फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : थाइल्यान्डसँग नेपाल पराजित


काठमाडाैं – फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगकाे खेलमा नेपाल पराजित भएकाे छ । चाेनबरीमा भएकाे खेलमा नेपाल थाइल्यान्डसँग २-० ले पराजित भएकाे हाे । पहिलाे हाफ बराबरीमा सकिएकाेमा थाइल्यान्डले दुवै गाेल दाेस्राे हाफमा गरेकाे हाे।

थाइल्यान्डले खेलकाे ७७ औँ र ८८ औँ मिनेटमा गाेल गर्‍याे। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेकाे हाे ।

यसअघि नेपालसँग खेलेका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डकाे क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।

प्रतिक्रिया