
५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी, स्पष्टीकरण पेस गर्न सातदिने म्याद
काठमाडौं – पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूची मा राख्ने चेतावनी दिएको छ। चार सरकारी निकायले अमन एन्ड इसा कन्स्ट्रक्सन प्रालि (कैलाली), अभिषेक निर्माण सेवा (दाङ), श्रेष्ठ निर्माण सेवा (पाल्पा), बीटी निर्माण सेवा (काठमाडौं)र शिवराम कन्स्ट्रक्सन प्रालि (दोलखा)लाई कालोसूचीमा राख्न अनुगमन कार्यालयलाई सिफारिस गरेका हुन् ।
सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न अनुगमन कार्यालयमा सिफारिस गरेका हुन्। त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेका छन्।
ती निकायले सिफारिस गरेपछि अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार पेस गर्न ती कम्पनीहरुलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सरकारी कामकारबाहीको सहभागी हुन नपाउनेगरी निश्चित समयका लागि कालोसूचीमा राखिने कार्यालयले स्पष्ट पारेको छ।




कागजपत्र |
