
प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना, छोरी भन्छिन्– बिमार अलि बढेको छ
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।
भैंसेपाटीस्थित मेडिसीटी अस्पतालमा उनलाई उपचारका लागि बुधबार भर्ना गरिएको हो।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)को उपचार गराइरहेकी सीतालाई अहिले अलिक बिमार बढेको छोरी गंगा दाहालले जानकारी दिइन्।
अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा उपचार गरेर फर्किएपछि उनलाई केही आराम मिलेको थियो। त्यसअघि उनलाई सिंगापुरमा पनि लगिएको थियो।
छोरा प्रकाश दाहालको निधनपछि सीतामा यस्तो प्रकारको रोग देखा परेको थियो।



कागजपत्र |
