पोखरामा स्कुल बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


पोखरा– पोखरामा बिहीबार बिहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।  चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग २२ प ००७ नम्बरकाे स्कुटर विजयपुरमा विपरीत दिशाबाट आउँदै रामबजार स्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको गरेको ग १ क ९९६ नं.को बसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा १४ चाउथेका १९ वर्षीय किस्मत वाग्ले रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी, सुन्दर तिवारीले जानकारी दिए । गम्भीर घाइते भएका वाग्लेकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकाे क्रममा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।

उनका अनुसार उक्त स्थानमा बिहान ५ स्५० बजेको समयमा पैदल यात्रीलाई स्कुटरले ठक्कर दिएपछि स्कुटर स्कुल बससँग ठोकिन पुग्दा दुर्घटना भएको हो ।

स्कुटरको ठक्करबाट पैदल यात्री पोखरा १३ मियाँपाटन की ३२ वर्षीया टेक माया घर्ती घाइते भएकोमा लेखनाथ सिटी अस्पताल शिशुवामा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएकाे छ।  बस ,स्कुटर र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया