बेलायतमा ३० वर्षयताकै उच्च मुद्रास्फीति, महँगी र ब्याज दुवै बढ्यो


काठमाडौं-  बेलायतमा मुद्रास्फीति दर ३० वर्ष यताकै उच्च पुगेको छ ।  सन् १९९२ मार्च महिनामा बेलायतको मुद्रास्फीति दर सबैभन्दा उच्च ७.१ प्रतिशत पुगेको थियो । त्यसपछि बेलायतमा मुद्रास्फीति दर अहिले सन् २०२२ को मार्च महिनामा ३० वर्ष यताकै उच्च, ६.२ प्रतिशत हुन पुगेको छ ।

यस अघि सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति दर ५.४ प्रतिशत रहेको थियो। बेलायतमा अर्थशास्त्रीहरुको अनुमान भन्दा उच्च महँगी बढेको हो ।

अर्थशास्त्रीहरुले भने फब्रुअरी महिनामा वार्षिक मूल्य वद्धिदर ५.९ प्रतिशत हुने अनुमान गरेका थिए । खाद्यान्न र उर्जा लागतमा उच्च वृद्धि भएपछि बेलायतमा दैनिक जीवनयापन निकै महँगो हुन गएको हो । महँगी उच्च गतिमा बढेपछि बैंक अफ इङ्ल्यान्डले लगातार ३ पटक ब्याजदर बढाइसकेको छ । बेलायतमा महँगी अझै बढ्ने पनि बैंक अफ इङ्ल्यान्डले जनाएको छ ।

गत साता बेलायती केन्द्रिय बैंकले मुद्रास्फीति दर ८ प्रतिशत पुग्ने अनुमान गरेको थियो । बढ्दो महंगीलाई न्युनीकरण गर्न अर्थमन्त्रालयले सक्रिय रुपमा काम गर्ने अर्थमन्त्री ऋषि सुनकले बताए ।  रुस–युक्रेन युद्ध तथा घरेलु बजारमा इन्धनको मूल्यवृद्धिका कारण आपूर्ति लागत बढ्ने अनुमान गरिएको छ । जसले अप्रिल महिनामा बेलायतको महँगीलाई झन बढावा दिने प्रक्षेपण त्यहाँको केन्द्रीय बैंकले गरेको छ ।

प्रतिक्रिया