
राजा वीरेन्द्रको हत्याकाण्ड छानबिन गरे हुन्छः पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको छानबिन गर्न अहिलेको सरकार स्वतन्त्र रहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत राजा वीरेन्द्रको जन्मोत्सवको दिन मंगलबार एउटा सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले उक्त हत्याकाण्डमा आफ्नो परिवारलाई सांकेतिक प्रहार गरिरहेको विषयले पनि मर्माहत पारिरहेको उल्लेख गरेका छन्।

उनी लेख्छन्,‘ प्रत्यक्षरपरोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।’
१९ जेठ, ०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रको वंश नाश भएको थियो। उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको हात हुन सक्ने आशंकका अभिव्यक्ति विभिन्न राजनीतिक दलका नेताहरूले दिँदै आएका थिए। यसैको जवाफमा पूर्वराजा ज्ञानेन्द्रको यस्तो ट्वीट आएको हो।
पूर्वराजा ज्ञानेन्द्र पत्नी तथा पूर्वरानी कोमल शाहसहित अहिले झापाको दमकमा छन्। दमकमा पुगेर उनले गरेको यो ट्वीटलाई अर्थपूर्ण मानिन्छ।



कागजपत्र |
