सबै राजनीतिक दललाई स्थानीय निर्वाचनमा भाग लिन गृहमन्त्री खाणको आग्रह


कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म निर्वाचनमा भाग नलिएकाका राजनीतिक दलहरूलाई ३० बैशाखमामा निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको समुदघाटन गर्दै मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दलहरूलाई स्थानीय निर्वाचन सहभागी हुन आवश्यक रहेको बताए ।

उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृतर जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताए । लामो समय सशस्त्रमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनले बताए ।

प्रतिक्रिया