पलविरुद्ध तनहुँमा पनि मुद्दा दर्ता, १४ वर्ष कैद सजायको माग दाबी


तनहुँ- नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जर्बजस्ती करणी कसुरमा पलविरुद्ध मंगलवार मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

तनहुँ प्रहरीले अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन सोमवार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको थियो । प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको हो ।

यसअघि नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ ।

प्रतिक्रिया