ठेकेदारले समयमै काम नगरेपछि स्थानीयद्वारा सडक बन्द


ललितपुर – ललितपुरको सुनाकोठीमा स्थानीयले सडक बन्द गराएका छन् । कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम नगरेपछि उनीहरुले सडक नै बन्द गराउन बाध्य भएको जनाएका छन् ।

सातदोबाटोबाट चापागाउँ जाने सडकको सुनाकोठी खण्डको निर्माण ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनले समयावधि सकिइसक्दा पनि निर्माण सम्पन्न नगरेकोले धुलो र धुँवाका कारण स्वास्थ्यमा असर परेकोले बाध्य भएर आफूहरुले सडक बन्द गरेको एक स्थानीयले बताए ।

स्थानीयले शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारीविरुद्ध पोस्टर नै बनाएर बाटो बन्द गरेका छन् । स्थानीयले कालोपत्रे नहुँदासम्मका लागि बाटो बन्द गरिएकोले सर्वसाधरणलाई वैकल्पिक बाटो प्रयोग गर्नका लागि पनि अनुरोध गरेका छन् ।

सडक निर्माण सम्पन्न नभएपछि सम्बन्धित निकायमा जानकारी र ताकेता गर्दा पनि समयमै ठेकेदार कम्पनीले समयमै निर्माण गरेकोले बाध्य भएर सडक नै अवरुद्ध गर्नुपरेको बताए ।

शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारी  माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकका घरबेटी हुन् ।

प्रतिक्रिया