

आजको मौसम : प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौँ- मंगलबार प्रदेश १ मा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विहान सार्वजनिक मौसम बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको प्रक्षेपण छ।
विभागले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यसैगरी प्रदेश १ मा वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन भनेको छ।

