

भारतीय पूर्वविदेश सचिव श्याम शरणको खुलासा– नेपालमा अर्को प्रधानमन्त्रीको पहल, ओलीले मान्दैनन्

काठमाडौं– नेपालका लागि भारतीय पूर्वराजदूत तथा भारतीय पूर्वविदेश सचिव श्याम शरणले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजी भइरहेको उल्लेख गरेका छन्।
दी ट्रिव्युन इन्डियामा एउटा लामो आलेखमार्फत उनले नेपालको अहिलेको राजनीतिक अवस्थामा चीनको मध्यस्तता दाबी गर्दै स्वतन्त्र राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे उल्लेख गरेका छन्।
यो कति अर्थपूर्ण र आधिकारिक छ भन्नेबारे भन्ने कुनै खास दाबी नगरिएको आलेखले नेपाली राजनीतिक अस्थिरता, नेपाल कम्युनिस्ट पार्टीको विभाजनसम्मको यात्राका विषयमा पनि श्याम शरणले चर्चा गरेका छन्।
उनले यस्तो प्रस्ताव अघि सारेको खण्डमा नेपालका प्रधानमन्त्री ओलीले अस्वीकार गर्न सक्ने अनुमान पनि लगाएका छन्। नेपालको घटनाक्रमको विकास र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तरवार्ता र भाषणले केही संकेतचाहिँ गरेको थियो।
‘चीनकी राजदूत होउ यान्की रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय टोली नेपाल पठाएको छ’, उनले भनेका छन्,‘प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’
पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्वन्द्वको बारेमा चर्चा गरेका श्याम शरणले काठमाडौंमा अमेरिका र चीनबीच शक्तिको खेलमा भारत मुकदर्शकका रुपमा किनारामा हुन सक्ने अनुमान पनि गरेका छन्।
यो पनि पढ्नुहोस्
प्रचण्डले भारतलाई ‘हस्तक्षेप’ गर्न आह्वानसहित सरकार गिर्ने मिति तोक्नुको भित्री कारण

