
रियल मड्रिडकाे पाेष्टमा बार्सिलोनाको गोल वर्षा
काठमाडौँ– स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ। बार्सिलोनालाई जित दिलाउने क्रममा पिएरे एमरिक औबामेयाङले दुई गोल गरे। त्यस्तै फेरान टोरेस र रोनाल्ड अराउजोले १र१ गोल गरे।
यससँगै लिगको शीर्षस्थानमा रहेको रियलले दोस्रो स्थानमा रहेको सेभिल्लासँगको अंकदुरी १२ मा पुर्याउने मौका गुमाएको छ। रियल मड्रिडले २९ खेलबाट ६६ अंक जोडेको छ भने सेभिल्लाले समान खेलबाट ५७ अंक हात पारेको छ।



कागजपत्र |
