

निर्वाचन आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिका प्रमुखद्वारा रिट दायर

काठमाडौं — निर्वाचन आचारसंहिताविरुद्ध जनप्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेका छन्।
आगामी निर्वाचनमा उम्मेदवार हुनका लागि अहिलेका जनप्रतिनिधिले राजीनामा दिएपछिमात्रै उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन आचारसंहितामा राखिएको र यो बुँदा तत्काल हटाउन भन्दै रिट दायर भएको हो।
निर्वाचन आयोगलाई विपक्षीय बनाएर दर्ता गरिएको रिट सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेका हुन् ।

