११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं –  नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७९ साल असोज ४ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल चैत्र ७ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरी बिल भोलि दिउँसो २ बजे बोलकबोल भएर पर्सी चैत्र ८ गते, मंगलबार बिक्री हुनेछ ।

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको टेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ ।

प्रतिक्रिया