देशमा कागज आयात गर्नको लागि डलरको अभाव हुँदा यस्तो अवस्था आएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन्। सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका यतिबेला सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरेको छ।
प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेका पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ।
श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए। तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएको हो।
परीक्षा सञ्चालन गर्न नसकेपछि विद्यार्थीलाई परीक्षाबिनै माथिल्लो कक्षामा बढुवा गर्ने तयारी अधिकारीहरुले गरेका छन्।