आजको मौसम : यी क्षेत्रमा पानी पर्ने


काठमाडाैँ –  देशका पहाडी भू-भागमा आज वर्षा हुने भएको छ। देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहान सार्वजनिक बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही मौसम सफा रहने पूर्वानुमान छ

प्रतिक्रिया