

यूएईले गुमायो चौथो विकेट, सोमपालले ३ विकेट लिँदा करणले लिए पहिलो विकेट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला अन्तर्गतको संयुक्त अरब इमिरेट्स (यूएई) सँग जारी खेलमा नेपालले ४ विकेट लिएको छ । खेलको ११ औं ओभर समाप्त हुँदा युएईले चार विकेट गुमाएर ३७ रन बनाएको छ ।
नेपालका लागि सोमपाल कामीले ५ ओभरमा १४ रन दिएर ३ विकेट लिएका छन् भने करण केसीले २ ओभरमा २ रन दिएर १ विकेट लिएका छन् ।
खेलमा यूएईले टस जितेर ब्याटिङ सुरू गरेको थियो ।
नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।
यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।
हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने—सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।
लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।

