देशभर थप ७०८ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप  ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ।

त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको छ।

हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया