तीन महिनापछि भारतले पठायो राजदूत शर्माको नाममा एग्रिमो


काठमाडौं – भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा.शंकर शर्माको नाममा तीन महिनापछि भारतले सहमति (एग्रिमो) पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् ।

सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो ।

प्रतिक्रिया