


सुनको भाउ १२ सय रुपैँयाले घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं – साताको चौथो दिन आज (बुधबार) पनि सुनचाँदीको भाउ घटेको छ ।
हिजो(मंगलबार) १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

