

आईसीसी विश्वकप क्रिकेट लिग २ : नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाललले आज पपुवा न्युगिनी (पीएनजी)को सामना गर्दै छ। यूएईको शारजहाँ क्रिकेट मैदानमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ। पीएनजी लिगको तालिकाको पुछारमा रहेको टोली हो। उसले लिगमा खेलेको १३ मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेको छैन।
नेपालले भने ८ खेलबाट अहिलेसम्म ८ अंक हात पारेको छ। नेपाल लिगमा सातौं स्थानमा छ। त्यसैले पनि नेपालको यूएई भ्रमण निकै महत्वपूर्ण मानिएको छ। यूएई भ्रमणअघि नेपालले श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो भने ५ खेलाडीले भारतमा पनि गएर अभ्यास गरेका थिए।

