संसद अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

प्रतिक्रिया