


युक्रेन र रूसबीच आज पनि वार्ता हुँदै

युक्रेन – युक्रेनमा जारी युद्ध रोक्न कूटनीटिक प्रयासपछि दुबै देशका नेताहरू आज (सोमबार) फेरि वार्ता गर्ने भएका छन्। वार्ता गर्न दुबै पक्ष सकारात्मक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
रूसी समाचार एजेन्सीले रूसी प्रतिनिधि लिओनिड स्लट्स्कीलाई उदृत गर्दै वार्ता सकारात्मक रहेको र सम्झौता गर्न सम्भव भएको बताएका थिए।
उनीहरूबीच भिडिओमार्फत् स्थानीय समयअनुसार साढे ८ बजे बिहान छलफल हुन लागेको युक्रेनले जनाएको छ।
के कस्तो विषयमा छलफल हुने खुलेको छैन। युक्रेन र रूसबीच बेलारूसमा तीन पटक छलफल भइसकेको छ। गत सोमबार पनि उनीहरूबीच छलफल भएको थियो।
वार्ताको कुरा भइरहे पनि रूसले युक्रेनमाथि आक्रमण गर्न भने रोकेको छैन। रूसले पोलिस बोर्डर नजिकैको सैनिक बेसमा पनि आक्रमण गरेको छ भने अन्य ठाउँमा पनि आक्रमण भइरहेका छन्।
युद्धबीच नै उनीहरूबीच वार्ता हुन लागेको हो। युक्रेनको याभोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एन्ड सेक्युरिटी बेसमा रूसले मिसायल प्रहार गरेका थिए।
जसमा परी ३५ जनाको मृत्यु र १३४ जना घाइते भएका थिए।

