रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु


चीन – चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ ।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया