अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई कोरोना पुष्टी


अमेरिका – पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ।

ओबामाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन्।

आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका छन्। ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दिएका छन्।

ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन्।

यसले संक्रमित कम हुँदै गएको भए पनि तपाईंहरूले खोप लगाउनु भएको छैन भने खोप लगाउनु पर्छ भन्ने सन्देश दिन्छ,’ ओबामाले भनेका छन्।

प्रतिक्रिया