माओवादीले स्थानीय चुनाव जित्नै पर्छ : प्रचण्ड


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा स्थानीय तहको निर्वाचन जित्नैपर्ने बताएका छन् ।

विराटनगरमा आइतबार आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न माओवादीले निर्वाचन जित्नुपर्ने तर्क गरेका हुन् । उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धिले हार्छ, समावेशी, समानुपातिक लोकतन्त्रले हार्छ।’

उनले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्ने कसरत भइरहेको पनि बताए । आगामी निर्वाचनलाई सामान्यरूपमा नलिन अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया