मकवानपुरबाट १८० किलो गाँजासहित ३ जना पक्राउ


काठमाडौं – मकवानपुरबाट गाँजासहित तीन जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो।

उक्त सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया