

प्रधानमन्त्रीले पार्टीको रिस संसदमाथि पोखेः कांग्रेस नेता सिंह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ । यसैअवसरमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको बताएका छन्।
आज बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर–१ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा बोल्दै सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए।
‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे,’ सिंहले भने।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँटसमेत नगरेको सिंहको भनाइ छ।

