

चिनियाँ प्रतिनिधिमण्डल र माधव नेपालबीच भेटवार्ता

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।
बानेश्वरको एभरेष्ट होटलमा भएको नेपालसँगको भेटपछि चिनियाँ प्रतिनिधिमण्डल पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट्ने कार्यक्रम छ ।
यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर सोमबार नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।
चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

