संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौं – संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको मादीबाट झापाको दकम जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुस्थित सात घुम्तीमा दुर्घटना भएको हो ।

आज बिहिबार बिहान साढे सात बजे तिर भएकाृे दुर्घटनामा ३ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकहरुबारे विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार दुर्घटनामा क्षतिको पुर्ण विवरण आइसकेको छैन ।

स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

 

प्रतिक्रिया