


ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

महाेत्तरी – महोत्तरीको औरहीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्। बुधबार दिउँसो औरही नगरपालिका ४ स्थित माईस्थान सम्सी सडक खण्डमा प्र।२(०२(००३ प(५१५९ नम्बरको मोटरसाईकललाई ना। ५ ख ७७२७ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका २ निगौलका ४० वर्षीय रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाईकलमा पछाडी सवार ठाकुरकी पत्न ३८ वर्षीया उर्मिला ठाकुर दुर्घटनामा गम्भीर घाइते भएकी छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

