धनुषा कांग्रेसको सभापति पदका लागि भाेली पुनः निर्वाचन हुने


काठमाडौं – नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

धनुषा कांग्रेस सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगनारायण पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए ।

सोमबार भएको निर्वाचनबाट पञ्जियारले सबैभन्दा बढी १ हजार २४८ मत ल्याएका थिए भने सन्तोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।

कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना (पञ्जियार र यादव) बीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि २६ गते बिहीबार बिहान ८ बजेदेखि मतदानको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया