बालाजुको तरकारी बजारमा आगलागी


काठमाडौं – बालाजुको ढुंगेधारास्थित तरकारी बजारमा आगलागी भएकाे छ । तरकारी बेच्ने टहरामा गएराति आगो लागेको हाे । आगलागीबाट टहरोको आधा भाग जलेको छ ।

काठमाडौं महानगर-१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।

पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । राति साढे १ मा आगो नियन्त्रणमा आएको डिएसपी मिश्रले बताए ।

प्रतिक्रिया