इजाजत नलिएका टेष्ट ट्युब बेबी सेन्टरलाई १५ दिनभित्र दर्ता हुन आग्रह


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई सञ्चालनमा रहेका टेष्ट ट्युब बेबी (आईभीई) सेन्टरलाई तत्काल सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरेको छ ।

टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था रहेको भन्दै अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका आईभीई सेन्टर तत्काल कानुनी प्रक्रियामा नआए कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

‘जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैरनाफामुलक सामुदायिक स्वास्थ्य संस्था संचालनका लागि सो नियमावलीको अनुसूची–९ बमोजिमका स्वास्थ्य संस्थाले अनुसूची बमोजिमका निकायबाट इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ,’ मन्त्रालय जारी गरेको सूचनामा भनिएको छ,‘सो अनुसूची बमोजिम टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न यस मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था रहेको छ । अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र यस मन्त्रालयमा निवेदन दिा यो सूचना प्रकाशित गरिएको छ ।’
सो अवधिभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ

प्रतिक्रिया