कैलाली कारगारका थुनुवाको मृत्यु


धनगढी — कैलाली कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा पुर्पक्षका थुनामा रहेका घोडाघोडी नगरपालिका—३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए ।

प्रतिक्रिया