नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) झापा जाँदै छन् ।

पञ्चायती शासकबाट हत्या गरिएका उनका आफ्ना ५ जना सहयोद्धा सहकर्मीहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उनी आज झापाको सुखानी जाने कार्यक्रम भएको एमाले सचिवालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वि.स.२०२८ सालमा सुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका ४ योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली,सीपी मैनालीसँगै उनीहरु पनि झापा क्रान्तिमा समावेश भएका थिए । सोही समयमा अध्यक्ष केपी ओलीलाई रौतहटबाट पक्राउ गरेर गोलघरमा १४ वर्ष जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले प्रत्येक वर्ष सुखानी दिवस मनाउँदै आएको छ । सुखानीमा एमालेले ५ शहीदको शालिक स्थापना गरेर पार्कसमेत बनाएको छ ।

केपी शर्मा ओली सरकारमा हुँदा २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा समेत गरिएको थियो।

प्रतिक्रिया